Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सत्ता गठबन्धनले भन्यो – अभिव्यक्ति कै कारण प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन

    सत्ता गठबन्धनले भन्यो – अभिव्यक्ति कै कारण प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको छ ।

    एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको हो ।



    सत्ता गठबन्धनको छलफलले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ।



    सात दलले मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेका छन् ।

    सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

    यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार