Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ जनाको रिट न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा

    ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ जनाको रिट न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुदैँछ ।

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ३ प्रतिवादीहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको हो ।



    निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन्।



    उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए । उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।

    गत शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

    इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार