काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । कोशी प्रदेश सरकारको विषयलाई लिएर अहिले बिहान साढे ९ बजे केन्द्रीय गठबन्धनको बैठक बस्न लागेको हो ।
बैठकमा राप्रपाले समर्थन नगर्ने भएपछि थप छलफल गर्न केन्द्रीय गठबन्धनको बैठक बस्न लागेको बताइएको छ ।
नयाँ सरकार बनाउनका लागि हालसम्म भएका उपलब्धि र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।
केन्द्रदेखि प्रदेश सरकारका विषयमा पनि छलफल हुने बताइएको छ ।
Leave a Reply