Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा उपमेयर यादव पक्राउ

    किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा उपमेयर यादव पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 3K
    SHARES

    सप्तरी । किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादवलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट पक्राउपुर्जी जारी भएपछि उनलाई नागरिकतासम्बन्धी कसुरमा सप्तरी प्रहरीले पक्राउ गरेको हो ।

    सोही मुद्दाका प्रतिवादी उपप्रमुखका पति महेन्द्र यादव भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । डाकनेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मीरा दम्पति भारतीय नागरिक रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको भन्दै उजुरी दिएका थिए ।



    मुद्दा दर्ता भएर पक्राउपुर्जी जारी भएपछि उपप्रमुख मीरा एमालेका केही नेता तथा कार्यकर्तासहित हाजिर हुन जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन । सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।



    उपप्रमुख मीरा र उनका पति महेन्द्र भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानाअन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार