Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ, जवाफ मागेका हौँ : रास्वपा सांसद झा

    हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ, जवाफ मागेका हौँ : रास्वपा सांसद झा

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 765
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताएका छन् ।

    बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले यस्तो बताएका हुन् ।



    आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग लागेर प्रधानमन्त्रीको राजीनामा नमागेको उनले बताए । उ



    नले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियाप्रति रास्वपाको प्रश्न रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पारे ।

    आफूहरुलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार