Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कास्कीको माछापुच्छ्रेमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

    कास्कीको माछापुच्छ्रेमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 4.6K
    SHARES

    पोखरा । गएरातिदेखि अविरल परेको वर्षाका कारण कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानीय प्रेम विकको घरमा पहिरो खस्दा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको ज्यान गएको हो । मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् ।



    सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए। घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो।



    प्रेम विक र उनकी श्रीमती भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु बाँच्न सफल भएको पनि कास्की प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार