काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्रसँग आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।
योसँगै नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकेको छ ।
नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायो ।
यसअघि जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायो ।
नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् ।
Leave a Reply