Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नवीन राप्रपा कार्यान्वयन गर्न प्रदेश संयोजक तोकिए, कुन प्रदेशमा को ?

    नवीन राप्रपा कार्यान्वयन गर्न प्रदेश संयोजक तोकिए, कुन प्रदेशमा को ?

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 747
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘नवीन राप्रपा’ कार्ययोजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेको छ ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा’ कार्यान्वयनका लागि मंगलबार उपाध्यक्षहरुलाई प्रदेश संयोजक तोकेका हुन् ।



    पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले नवीन राप्रपा-२०८० का लागि भन्दै सातवटै प्रदेशमा संयोजक तोकिएको जानकारी दिए ।



    कोशी प्रदेशमा वरिष्ठ नेता एवं उपाध्यक्ष रोशन कार्की, मधेशमा बुद्धिमान तामाङ, बागमतीमा बिक्रम पाण्डे र गण्डीमा ध्रुबबहादुर प्रधान संयोजक तोकिएका छन् ।

    त्यस्तै वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लुम्बिनी, उपाध्यक्षद्वय मुकुन्द श्याम गिरी कर्णाली र उद्धब पौडेल सुदूरपश्चिम प्रदेश संयोजक तोकिएका हुन् । राप्रपाको केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकले नवीन राप्रपा–२०७८ को कार्ययोजना पारित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार