Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेपालले दियो आयरल्याण्डलाई २६९ रनको लक्ष्य

    नेपालले दियो आयरल्याण्डलाई २६९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 894
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

    जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोडेको हो ।



    नेपालका लागि गुल्सन झाले ५७, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९ तथा भीम सार्कीले २० रनको योगदान गरे ।



    कुशल भुर्तेल ८ र ज्ञानेन्द्र मल्ल ७ रन जोडेर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले रनको खाता नै खोल्न सकेनन् । किशोर महतोले १ रन जोडे ।

    शीर्ष ६ भित्र पर्न नसकेका टीमहरूको प्लेअफअन्तर्गत पहिलो खेल जितेर नेपाल र आयरल्यान्डले प्रतिस्पर्धा गरेका हुन् ।

    आयरल्यान्डले अमेरिका र नेपालले यूएईलाई पराजित गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार