Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ जनाको रिट हेर्न नभ्याइनेमा

    ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ जनाको रिट हेर्न नभ्याइनेमा

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट हेर्न नभ्याइनेमा परेको छ ।

    न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारेको हो ।



    निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।



    यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

    इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

    उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए । उनीहरु बिरामी भनेर हाल व्यूरोकै निगरानीमा अस्पताल भर्ना भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार