काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध ब्याटिङको निम्तो पाएको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा भएको टसमा आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
खेल नेपाली समयानुसार दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो ।
नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो ।
यस खेलको विजेताले सातौं स्थान हासिल गर्ने छ भने पराजित टोली विश्वकप क्वालिफायरको आठौ हुने छ ।
Leave a Reply