Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ जनाको रिट भट्टराई र फुयालको संयुक्त इजलासमा

    ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ जनाको रिट भट्टराई र फुयालको संयुक्त इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुदैँछ ।

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ३ प्रतिवादीहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्धय डा.आनन्दमोहन भट्टराई र हरिप्रयाद फुयालको इजलासमा पेसी तोकिएको हो ।



    उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए । निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन्।



    यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाउ आदेश जारी भएको थियो ।

    इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

    पक्राउ परेलगत्तै उनीहरुका तर्फबाट असार १३ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस गरिएको थियो। ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले उनीहरूलाई मंगलबार पक्राउ गरेको थियो ।

    उनीहरुको निवेदनमा हदम्याद नभएको मुद्दाको अनुसन्धानका क्रममा आफूहरुलाई पक्राउ गरिएको र गैरकानुनी रुपमा न्यायिक हिरासतमा राखिएको दाबी गरिएको दाबी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार