Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • रवि लामिछानेले भने – रास्वपा सरकार ढाल्ने खेलमा लागेको छैन

    रवि लामिछानेले भने – रास्वपा सरकार ढाल्ने खेलमा लागेको छैन

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 924
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टी अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् ।

    मंगलबार बिहान धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको भन्दै सरकार ढाल्ने खेलमा नलागेको बताएका हुन् ।



    एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको प्रष्ट पारे ।



    उनले भने, ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ। सरकार ढाल्ने विषयमा हामी सहभागी छैनौँ। त्यसमा हाम्रो इन्ट्रेस्ट पनि छैन । अहिले हामी पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेका छौँ ।’

    पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप लगाउँदै मिश्रित जनमतका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार