Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेकपामा फेरी शुरु भयो गुटको भेला

    ओलीलाई दुबै पदबाट हटाउन प्रचण्ड–माधव समूहले निकालो यस्तो निष्कर्ष

    ओलीलाई दुबै पदबाट हटाउन प्रचण्ड–माधव समूहले निकालो यस्तो निष्कर्ष

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारीअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउने निष्कर्ष निकालेको छ । प्रचण्ड–माधव समूहले अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको हो ।

    बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली,  अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच  विना निष्कर्ष छलफल सकिएपछि  खुमलटारमा प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरुको भेला भएको थियो  ।



    खुमलटार भेलामा सचिवालय सदस्यहरु झलनाद्वारा थ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी थिए ।



    तीन नेताबीच सहमति नजुटेका कारण अब अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउने निष्कर्षमा उनीहरु पुगेका हुन ।

    भोलि बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ । बिहीबार बालुवाटारमा भएको वार्तामा प्रचण्ड र नेपालले प्रधानमन्त्री पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए ।

    तर, ओलीले कुनै हातलमा राजीनामा नदिने बरु बहुमतले निर्णय गरेर हटाउन चुनौती दिएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार