काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले चोभारस्थित निर्माणाधीन तरकारी बजारको स्थलगत निरीक्षण गरेका छन् ।
करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार सात वर्षदेखि निर्माणका क्रममा रहेकाले उनले त्यहाँ भइरहेको ढिलासुस्तीका बारे जानकारी लिए ।
निरीक्षणपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री भुसालले सात वर्षको समयावधिमा परियोजना सम्पन्न गरी बजार सञ्चालन गर्नुपर्नेमा संरचना निर्माण पूरा नगर्ने निर्माण कम्पनीको गैरजिम्मेवारी कार्य भएको बताए ।
बाँकी रहेका कार्य अविलम्ब पूरा गर्न निर्देशन दिँदै उनले कृषि क्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए ।
Leave a Reply