Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेदरल्यान्ड्सले ओमानलाई दियो ३६३ रनको विशाल लक्ष्य

    नेदरल्यान्ड्सले ओमानलाई दियो ३६३ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 906
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत जिम्बावेमा जारी रहेको खेलमा नेदरल्यान्ड्सले ओमानलाई ३ सय ६३ रनको लक्ष्य दिएको छ ।

    जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ४८ ओभरमा ७ विकेट गुमाएर ३६२ रन बनायो ।



    नेदरल्यान्ड्सका लागि ओपनर विक्रमजित सिंहले १ सय ९ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय १० रन बनाए ।



    ओमानका लागि बिलाल खानले ३ तथा मोहम्मद नदिमले २ विकेट लिए । फैजल बट र आयान खानले समान १-१ विकेट लिए ।

    नेदरल्यान्ड्स नेपाल रहेको समूह’ए’मा दोस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । ओमान भने समूह बीको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो।

    सुपर सिक्समा दोस्रो खेल खेल्दै गरेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। आजको खेलमा पराजित भएमा नेदरल्यान्ड्स सुपर सिक्सबाट बाहिरिने तेस्रो टोली बन्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार