Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सामाजिक सञ्जालमा गाली गरेकै भरमा राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

    सामाजिक सञ्जालमा गाली गरेकै भरमा राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा ‘विचार नभएका दल’ हाबी भएको आरोप लगाएका छन् ।

    स्व.गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नयाँ दलहरुलाई ‘विचार नभएका तर सामाजिक सञ्जालमा गाली गरेर उदाएको’ आरोप लगाए । उनले विचारविहीनहरुले देशको राजनीतिक कोर्ष परिवर्तन गर्ने दुस्साहस गरेको पनि बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति हाबी भएको छ । त्यस्तो प्रवृत्तिलाई रोक्नु अहिले चुनौतीपूर्ण भएको छ ।’

    उनले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देश दुर्घटनामा पर्ने पनि बताए । प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार