Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • वाम एकताको कुराबाट कांग्रेसले डराउनु पर्दैन : प्रधानमन्त्री प्रचण्ड

    वाम एकताको कुराबाट कांग्रेसले डराउनु पर्दैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 570
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने बताएका छन् ।

    गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन । कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।’

    विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका हुन् ।

    कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार