काठमाडौं । संसदीय राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग सरकार बनाउन सम्झौता गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपालले फेरि नेकपा ब्युँताउने हल्ला चलाएका छन् ।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसको मुख्य सहयोगमा सरकारको नेतृत्व गरिरहेका दाहाल र सोही सरकारको सहयोगी बनेका नेपाललले केही दिनयता निरन्तर नेकपा ब्युँताउने अभिव्यक्ति सार्वजनिक गर्दै आएका हुन् ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायण विलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको दोहोर्याए । ।
सोही कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री प्रचण्डको भनाइलाई समर्थन गरे । यसअघि पनि नेपालले माओवादीसँग नेकपा ब्युँताउने सवालमा पार्टी एकता गर्न सकिने पक्षमा रहेको बताएका थिए ।
माधवकुमार नेपाल, प्रचण्ड, विप्लव र उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल सुरू गरेको दाहालले सन्देश दिए । नेपाल समाचारपत्र दैनिकबाट
Leave a Reply