काठमाडौं । आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई नौ विकेटले पराजित गर्दै श्रीलंकाले विश्वकपमा स्थान बनाएको छ ।
बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई पराजित गरेपछि श्रीलंका छनोटबाट विश्वकपमा छानिने पहिलो टोली बनेको हो ।
जिम्बावेले दिएको एक सय ६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावे ३२ दशमलव २ ओभरमा एक सय ६५ रनमा अलआउट भयो ।
जितसँगै श्रीलंका ८ अङ्ककासाथ एक खेल अगावै विश्वकपका लागि छनोट भएको छ । पराजित जिम्बावेले विश्वकपमा स्थान बनाउन अन्तिम खेलमा स्कटल्यान्डलाई हराउनु पर्नेछ ।
Leave a Reply