Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • आईसीसी विश्वकप छनोट

    दीपेन्द्र नायक बन्दा यूएईमाथि नेपालको रोमाञ्चक जित

    दीपेन्द्र नायक बन्दा यूएईमाथि नेपालको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि तीन विकेटको जित निकालेको छ ।

    दीपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको मद्दतले यूएईमाथि नेपालले ३ विकेटको रोमाञ्चक जित निकालेको हो ।



    यूएईले प्रस्तुत गरेको १ सय ८२ रनेको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा पुर्यो ।नेपालका दीपेन्द्रसिंह ऐरीले ७९ र सन्दीप लामिछानेले नटआउट २३ रन बनाए ।



    नेपालले ६६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि सन्दीप र दीपेन्द्रले उत्कृष्ट साझेदारी गरेर नेपाललाई जिताए । यसअघि जिम्बावेको हरारेमा जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्यो ।

    पहिले ब्याटिङ गरेका युएई ४६ दशमलव ५ ओभरमा १८१ रनमा अलआउट भएको हो । नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए ।

    गुल्सन झा, प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले अब सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने यूएईले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार