ओखलढुङ्गा । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम गर्ने १५ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएकोे छ ।
जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यलय ओखलढुंगामा प्रमुख सुमन तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार केही दिनअघि उनीहरु सहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैलाई आज नै कारोना अस्थायी अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको छ ।
Leave a Reply