Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • ललिता निवासको जग्गामा तारबार गर्न बालुवाटार पुग्यो महानगर प्रहरी

    ललिता निवासको जग्गामा तारबार गर्न बालुवाटार पुग्यो महानगर प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरण छानबीन भइरहेका बेला काठमाडौं महानगरपालिकाले जग्गा घेराबारा गर्न नगर प्रहरी खटाएको छ ।

    बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक जग्गा संरक्षणका लागि महानगर प्रहरीको टोली पुगेको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा ललिता निवासमा नगर प्रहरी पुगेको छ ।



    नगर प्रहरीले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने जनाईएको छ । यतिबेला नगर प्रहरीले ललिता निवासको सरकारी जग्गामा स्थलगत निरिक्षणको कार्य गरिरहेको छ ।



    अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

    ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेको थियो। उनीहरुमाथि आवश्यक अनुसन्धान जारी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार