काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा यूएईविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको यूएईले तेस्रो विकेट गुमाएको हो । नेपालका लागि स्पिरन सन्दीप लामिछानेले यूएईको तेस्रो विकेट लिएका हुन् ।
सन्दीपले २२.५ ओभरमा यूएईका रामेज साहजादलाई १० रनमा आउट गरेका हुन् । यसअघि सन्दीपले १४.६ ओभरमा यूएईका आर्यानश शर्मालाई पभिलियन फर्काएका थिए ।
४३ बलको सामना गरेका शर्मा दुई चौका प्रहार गर्दै २८ रनमा आउट भएका हुन् ।
टस जितेर नेपालले बलिङ गरिरहेको छ । ईनिङको दोस्रो बलमा नै करण केसीले युएईका ओपनर आसिफ खानलाई आउट गराएका थिए ।
Leave a Reply