Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रचण्डले सत्ता जोगाउन गठबन्धनभित्र अर्को गठबन्धन बनाए : रवि लामिछाने

    प्रचण्डले सत्ता जोगाउन गठबन्धनभित्र अर्को गठबन्धन बनाए : रवि लामिछाने

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले ठूला दलहरुले सत्ता जोगाउनका लागि गठबन्धन बनाइरहेको बताएका छन् ।

    आइतबार गोकर्णेश्वरको नगरभेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ गठबन्धन सत्ता जोगाउन बनाएको दाबी गरेका हुन्। उनले जनताका लागि नभई सत्ता जोगाउनका लागि गठबन्धन बनिरहेको बताए।



    सभापति लामिछानेले भने, ‘अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता जोगाउनका लागि गठबन्धन बनाएका छन्। जनता जोगाउने गठबन्धन होइन , सत्ता जोगाउने गठबन्धन हो त्यो। जनता आजपनि अस्पतालमा डाक्टरको पालो नपाएर, महिनौं अपोइन्टमेन्ट नपाएर बसेका छन्, विदेशमा अलपत्र परेर बसिरहेका छन्, उनीहरुका लागि गठबन्धन गर्नुपर्दैन ? अहिले त गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ। त्यो पनि सत्ता जोगाउन।’



    सत्ता गठबन्धनमा आबद्ध संसदभित्रका माओवादी केन्द्र, जसपा र नेकपा एसले विप्लव नेतृत्वको नेकपालाई समेटेर समाजवादी मोर्चा नेपाल बनाएको छ। सभापति लामिछानेले यहि समाजवादी मोर्चालाई लक्षित गर्दै यस्तो बताए।

    नेपाली जनताले गठबन्धनबाट वाक्क भएर नेपाली जनताले घण्टी बजाएको स्मरण गराए। उनले छोटो समयमा नै रास्वपाले २१ सिट जितेको उल्लेख गरे। उनले पार्टीले भातृ संगठन नबनाउने उद्घोष गरे।

    भातृ संगठन भनेको पार्टीलाई मात्र नभई देशलाई नै भार हुने सभापति लामिछानेको भनाई छ। सभापति लामिछानेले आफूले पार्टीलाई योगदान दिने नभई देशलाई योगदान दिनसक्ने मानिस रास्वपामा खोजिरहेको बताए।

    उनले राजनीतिलाई सङ्ल्याएर सुशासन कायम गर्न रास्वपा उदय भएको दाबी गरे। लामिछानेले अरु दल छाडेर रास्वपामा आएका नेताहरुलाई दुष्मनको व्यवहार नगर्न आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार