काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विधेयक बनाउने र पारित गर्ने अहिलेको परिपाटीलाई बदल्न आवश्यक रहेको बताएका छन् ।
संसदमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको छलफलका क्रममा प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन् ।
उनले विधेयकहरुलाई बास्केटमा राखेर रोस्टरमा राख्ने तथा चेक लिस्ट बनाएर समयमै निर्माण गर्न लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अन्तिम परेपछि काम गर्ने कार्यशैली बदलौँ । र, विधेयकहरुलाई बास्केटमा राखेर रोस्टरमा राखेर तत्काल विज्ञान प्रविधिको विकास र समाज विकासको क्रमअुनसार के के विधेयकहरु आवश्यक हुन् भन्ने कुरा चेक लिस्ट बनाएर काम गरौँ।’
Leave a Reply