काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत सातौं स्थानको प्लेअफका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ।
हरारे स्पोर्ट्स क्लबमा १२:४५ मा सुरु हुने खेलका लागि टस जितेको नेपालले पहिलो बलिङ गर्न लागेको छ । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले सातौँ वरीयताका लागि यूएईसँग भिडन्त गर्न लागेको हो ।
उक्त खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डविरुद्धको खेलमा विजयी हुने टोलीले सातौँ र पराजित हुने टोलीले आठौँ वरीयता प्राप्त गर्नेछ ।
यसैगरी नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ ।
अमेरिकाविरुद्वको खेलमा विजयी हुने टोलीले नवौँ र पराजित हुने टोलीले १०औँ वरीयता प्राप्त गर्नेछन् ।
Leave a Reply