काठमाडौं । सूचना सञ्चार तथा मन्त्री रेखा शर्माले मुलुकलाई नेपाललाई चलचित्र छायांकन र निर्माणको हबको रुपमा विकास गरेर लैजान आवश्यक रहेको बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजित चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपालको भौगोलिक र सांस्कृतिक अनुकूलताले सम्भव रहेको भन्दै फिल्म छायांकनको गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताइन् ।
मन्त्री शर्माले भनिन्, ‘चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो । विश्वभर प्रचारप्रसार गरौं । यसलाई अनुपम हबका रुपमा विकास गर्न सक्ने आधार निर्माण गर्न सरकारले सहयोग गर्नेछ ।’
मन्त्री शर्माले संगठनात्मक संरचनाले चलचित्रको विकास हुन नसक्ने भन्दै यस संरचना परिमार्जन गर्न आवश्यक रहेको औँल्याईन् ।
उनले समाज रुपान्तरणको सन्दर्भमा भएका गतिविधि र मौलिक चलचित्र निर्माणलाई राज्यको तर्फबाट प्रोत्साहन गर्ने प्रतिवद्धता समेत जनाईन् ।
Leave a Reply