Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – माधवजी र मैले फेरि नेकपातिरै फर्कनुपर्छ भनेका छौँ

    प्रधानमन्त्री प्रचण्डले भने – माधवजी र मैले फेरि नेकपातिरै फर्कनुपर्छ भनेका छौँ

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 882
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब फेरि एक पटक नेकपा तिरै फर्कनुपर्ने बताएका छन् ।

    भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि पुनः नेकपा तिरै फर्कनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्न सक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गर्‍यो भने छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाइ डोर्‍याउन सकिन्छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अघि बढेको छ । आज हामीले फेरि एक पटक विचार गर्नुपरेको छ । सबैले चिन्तन गर्नुपर्छ।’

    उनलेले समाजवादी मोर्चा घोषणाको बेलामा पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको स्पष्ट पारे ।

    प्रधानमन्त्री प्रचण्डले त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल सुरु गरिसकेको पनि बताए । उनले एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार