रुपन्देही । रुपन्देहीमा बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन्।
जिल्लाको सुद्धोधन गाउँपालिकामा मानपकडीमा-१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय शिव भारती पक्राउ परेका हुन्।
भारतीलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन्।
ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन्। त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्।
बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो।
Leave a Reply