Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • एमाले र माओवादीबीचको एकता किन जोगाउन सकिएन समीक्षा जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

    एमाले र माओवादीबीचको एकता किन जोगाउन सकिएन समीक्षा जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 615
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले-माओवादीबीचको एकता बचाउन नसकिएको भन्दै दु:ख ब्यक्त गरेका छन् ।

    कम्युनिष्ट पार्टीका संस्थापक स्व.नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखे ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ समाजवादतिर पनि जान सकिन्छ या दोयाउन सकिन्छ भनेर भनेको थिए । र कम्युनिष्ट एकता भयो पनि  उत्साह देखापर्यो प्रतिक्रियाबादीहरुमा एउटा आंतक जस्तो भयो अब कम्युनिष्टहरुले ४०/५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।’

    विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै ने फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको कारण खोजेर गम्भीर समीक्षा गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार