Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

    लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 696
    SHARES

    दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठकमा लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०(८१ का लागि पेस गरेको बजेटमाथि छलफल हुनेछ ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेटमा असन्तुष्टि जनाउँदै आएकोले प्रदेशसभा चल्नेमा भने आशङ्का कायमै छ ।नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेस भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन ।



    पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि विवाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो ।



    गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार