Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • विदेशी श्रमिक कोटा रोक्का गरेपछि मलेसिया जानेको संख्या घट्यो

    विदेशी श्रमिक कोटा रोक्का गरेपछि मलेसिया जानेको संख्या घट्यो

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 915
    SHARES

    काठमाडौं । नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य भए पनि पछिल्लो समय मलेसिया जानेको संख्या घटेको छ ।

    मलेसियाले न्यूनतम तलब बढाएपछि करिब ६ महिनाअघि त्यसतर्फ जानेको संख्या उच्च दरले बढेको थियो । तर, अहिले नेपालका लागि निर्धारण गरेको विदेशी श्रमिक कोटा रोक्का गरेपछि जाने श्रमिक संख्या घटेको हो ।



    गत बैशाखमा ११ हजार ३ सय १० जना मात्र मलेसिया गएका छन् । मलेसियाले नेपालको जस्तै बंगलादेशबाट पनि श्रमिक नलिने जनाएको थियो । तर, बंगलादेशी श्रमिक भने मलेसिया गइरहेका छन् ।



    नेपाल वैदेशिकरोजगार व्यावसमायी संधका महासचिव मेघराज भुर्तेलका अनुसार मलेसियाले सन् २०२३ बाट नेपालबाट लिने श्रमिकका लागि त्यँहााका रोजगारदातालाई दिदैं आएको कोटा बन्द गरेको छ । अहिले नेपालबाट जारी भएको श्रमस्वीकुति पहिलेकै कोटा भएको उनले बताए । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार