Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

    भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 897
    SHARES

    काठमाडौं ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताएका छन् ।

    चीनको भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताए ।



    गृहमन्त्री श्रेष्ठले भने,’कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ । पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेकोछ।’

    गृहमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको बताए । गृहमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे ।

    मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उहाँले अपराध गर्नेलाई कानुनको दायरमा ल्याइ छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार