काठमाडौं । बिहीबार थप २१३ जना कोरोना संक्रमित उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्।
नेपालमा अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला सहित ५ जिल्ला कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ।
बिहीबार विभिन्न २७ प्रयोगशालबाट ४ हजार ९ सय ८१ जनाको पिसिआर टेस्ट भएको छ।
हालसम्म २३ हजार ५ सय जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ५६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
Leave a Reply