Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 615
    SHARES

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरोधी शक्तिहरुले लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् ।

    शनिबार बिहान पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषदको प्रथम बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र संघीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’संघीयताको मर्म र यसको दीर्घकालीन महत्व हामीले बुझेनौं भने यसको फाइदा संघीयताका विरोधीहरूले लिनेछन्। हामीले जति छिटो र राम्रो कार्यसम्पादन गर्छौं, जनताले त्यति नै मात्रामा संघीयताबाट लाभ लिन सक्छन्। संघीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण छैनन्। समन्वयको प्रभावकारिता पनि जरूरी छ। हाम्रो जोड त्यता हुन जरूरी छ।’

    उनले कतिपय शक्तिहरू संघीय गणतन्त्रलाई ढलाउन सकिन्छ कि भनेर लागिपरेको बताए। लोकतन्त्रभित्र देखिएका समस्या समाधानको हैसियत लोकतान्त्रिक शक्ति र दलले नै सक्ने उनको भनाई छ ।

    संघीयताविरोधी शक्तिलाई व्यवहारबाट जवाफ दिन जरू रहेको उनको भनाइ छ। त्यसका लागि सोच र कार्यशैली बदल्नुपर्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार