Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – आज समाजवादी मोर्चाको बैठक राखेर कार्यक्रम तय गर्छौं

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – आज समाजवादी मोर्चाको बैठक राखेर कार्यक्रम तय गर्छौं

    अनलाइन नेपाल
  • शनिबार, १६ असार २०८०
  • 591
    SHARES

    कास्की । चार दल मिलेर बनेको समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चाको बैठक आज बस्न लागेको बताएका हुन् ।

    सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको थियो ।



    आज बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ।’



    उक्त मोर्चा यही असार ५ गते काठमाडौंस्थित राष्ट्रियसभा गृहबाट घोषणा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार