झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरको छ ।
झापाको साबिक टागनडुब्बा गाविस–३ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मालाई पक्राउ गरिएको झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
नागरिकता र किटानी जाहेरीमा उल्लेखित नाम फरकफरक भएकाले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ ।
Leave a Reply