काठमाडौं । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बन्धी कार्यक्रममा भाग लिन उपसभामुख इन्दिरा राना चीन जाने भएकी छन् ।
उनी पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै असार २२ गते गोन्झाउ जाने भएकी हुन् ।
टोलीमा उपसभामुख रानासहित तीन जना सांसद र एक जना संसद सचिवालयका कर्मचारी रहने बताइएको छ ।
सो कार्यक्रममा उपसभामुख राना र चीन सरकारका अधिकारीहरूबीच साइड लाइन भेटघाट हुनेछ ।
Leave a Reply