Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • एक महिनाभित्र एनआरएनएलाई नागरिकता वितरण गर्ने रक्षामन्त्री खड्काको घोषणा

    एक महिनाभित्र एनआरएनएलाई नागरिकता वितरण गर्ने रक्षामन्त्री खड्काको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 999
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए)लाई नागरिकता वितरण गर्ने बताएका छन् ।

    शुक्रबार एक कार्यक्रममा बोल्दै रक्षामन्त्री खड्काले एक महिनाभित्र नियमावली बनाएर एनआरएनएलाई नागरिकता वितरण प्रकिया सुरू गर्ने घोषणा गरेका हुन्।



    रक्षामन्त्री खड्काले भने, ‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ । एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु पर्ने नियम कानुन परिवर्तन गरिन्छ । गर्नुपर्ने काम रोकिँदैन ।’



    उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार