एजेन्सी । रुसले निजी सैनिक समूह वागनरमाथि युक्रेन युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाएको छ ।
गत साता रुसविरुद्ध सैनिक विद्रोहमा उत्रिएपछि वागनरसँग रुसको सम्बन्ध बिग्रिएको हो ।
रुसी संसद डुमाको रक्षा समितिले वागनरमाथि अब कहिल्यै पनि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको जनाएको छ ।
वागनर प्रमुख यभ्गेनी प्रिगोझिनले रुसी सेनासँग सम्झौता गर्न अस्वीकार गरेपछि उनी र उनको समूहमाथि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको बताइएको छ ।
Leave a Reply