Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • मुख्यमन्त्री कार्कीले भने- सर्वदलीय सरकारका लागि तयार छु, तपाईंहरुले विश्वासको मत दिनैपर्छ

    मुख्यमन्त्री कार्कीले भने- सर्वदलीय सरकारका लागि तयार छु, तपाईंहरुले विश्वासको मत दिनैपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 663
    SHARES

    विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् ।

    बिहिवार जारी प्रदेशसभामा विश्वासको मत माग्दै कार्कीले आफू ६ महिना कतै नचुकेको उल्लेख गर्दै विश्वासको मत दिनैपर्ने बताए ।



    कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि आफू तयार रहेको बताए।



    कार्कीले प्रदेश सभामा भने, ‘अहिलेको गणितलाई तपाईंहरु सबैले बुझ्नु भएको छ। म फेरि पनि भन्छु फेरि पनि अर्को सरकार बन्ने अवस्था आउन सक्दैन। मैले त देख्दिन त्यो सम्भावना। देख्दै देख्दिनँ ।’

    आफूले अर्को सरकार बन्ने अवस्था नदेखेको र कसैले पनि कोसी प्रदेशमा मध्यावधि निर्वाचन नचाहेको कार्कीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार