Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि अस्थिरताको खेल सुरु भयो : मुख्यमन्त्री कार्की

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि अस्थिरताको खेल सुरु भयो : मुख्यमन्त्री कार्की

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 819
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका छन् ।

    प्रदेशसभाको तेस्रो अधिवेशनमा सरकारको तर्फबाट मुख्यमन्त्री कार्कीले अध्यादेश पेश गरेका हुन् ।



    मुख्यमन्त्री कार्कीले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताए। आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेशको नामकरण गर्नु महत्वपूर्ण उपलब्धी भएको उनले बताए ।



    मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनुभन्दा ९ दिन अगाडि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरे ।

    कोशी प्रदेशभित्र त्यहीबाट अस्थिरताको खेल सुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले सोहीकारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार