काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा बुधवार राति चार सय सदस्य थप गरेका हुन् ।
सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेका पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
यसअघि महिला संघको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।
Leave a Reply