Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • नयाँ पुस्ताबीच हिजो दूधकै नदी बग्थ्यो जस्तो भाष्य खडा गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

    नयाँ पुस्ताबीच हिजो दूधकै नदी बग्थ्यो जस्तो भाष्य खडा गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 645
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ नहुने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले अहिलेको भन्दा पनि विगतकै शासन व्यवस्था राम्रो थियो भन्ने भ्रम आजको युवा पुस्तामा पार्न खोजिएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले नयाँ पुस्ता तयार भएको छ । त्यस्तो पुस्ता जसले युद्धको विभिषिका देख्नु परेन । विद्यालयमा पुग्न ३-४ घण्टा पैदल हिँड्नु परेन । त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट, टेलिफोन काटेर एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाएको शाही शासन देखेनन् । सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन । आज त्यो पुस्तालाई हिजो देशमा दुधकै नदी बग्थ्यो भन्ने भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित पार्ने अधिकार हामी कसैलाई छैन ।’

    मुलुकबाट राजतन्त्रलाई बिदा गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले विषय विज्ञताभन्दा निन्दाबाजी हावी भइरहेको गुनासो गरे ।

    मतदाताका रूपमा तयार भएको नयाँ पुस्ताले विगतका कठिन दिन नै देख्नुनपरेको उनको भनाइ छ । उनले ज्ञान र विवेकभन्दा निन्दाबाजी र आवेग त हावी हुँदै गएको छैन ? भन्दै प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार