Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीले यातायात व्यवसायीलाई दिए सहयाेग गर्न आश्वासन

    प्रधानमन्त्री ओलीले यातायात व्यवसायीलाई दिए सहयाेग गर्न आश्वासन

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवसायीलाई सहयाेग गर्ने आश्वासन दिएका छन्। उनले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका हुन् ।

    भेटमा यातायात मजदुर र व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको र स्रोत साधनको अपर्याप्तता रहेको बताएका थिए । तथापि सरकारले आफ्नो गच्छेअनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएको सहभागी एक मजदुर नेताले बताए ।



    यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु विहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातयाता मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको उपस्थिति थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार