Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • यी हुन् ललिता निवासको जग्गा कीर्ते मुद्दा पक्राउ परेका सात जना

    यी हुन् ललिता निवासको जग्गा कीर्ते मुद्दा पक्राउ परेका सात जना

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा प्रहरीले आज ७ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की रहेका छन् ।



    सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरिएको थियो भने केहीबेरअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् ।



    पूर्वसहसचिवसमेत रहेका शाह कुनै बेला भक्तपुर मालपोत कार्यालयमा कार्यरत थिए । सीआईबीले कीर्ते गरेको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ । सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको निष्कर्षसहित यसअघि सीआईबीले गुरुङलगायत ३ सय ६० जनाविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।

    जग्गा हिनामिनामा गुरुङविरुद्ध यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ३९ करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार