Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • धान रोप्ने क्रममा करेन्ट लागेर जुम्लामा किशोरीको मृत्यु, चार जना घाइते

    धान रोप्ने क्रममा करेन्ट लागेर जुम्लामा किशोरीको मृत्यु, चार जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 915
    SHARES

    फाइल फोटो

    जुम्ला । जुम्लामा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

    कनकासुन्दरी गाउँपालिका–८ सुमलगाउँमा खेतमा धान रोप्ने क्रममा उनको मृत्यु भएको हो ।



    सोमबार बेलुका विद्युतको तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । करेन्ट लागेर अन्य चारजना भने सामान्य घाइते भएका छन् ।



    घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार