Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • ललिता निवास प्रकरण : मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख देउजासहित ४ जना पक्राउ

    ललिता निवास प्रकरण : मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख देउजासहित ४ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणका थप ४ जनालाई पक्राउ गरेको छ ।

    ललितानिवास जग्गा हिनामिना मुद्दामा संलग्न थप ४ जनालाई सीआईबीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी रहेका छन् ।



    उनीहरु भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा बसिसकेका तत्कालीन कर्मचारीहरू रहेका थिए । २०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए ।



    उनीहरूसहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

    यसअघि सीआईबीले ललितानिवास जग्गा हिनामिना मुद्दामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरिसकेको छ ।

    ललिता निवासको ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको निष्कर्षसहित यसअघि सीआईबीले गुरुङलगायत ३ सय ६० जनाविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।

    जग्गा हिनामिनामा गुरुङविरुद्ध यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ३९ करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । गुरुङ २०७७ माघ २१ गते आफैँ विशेषमा उपस्थित भएका थिए । उपस्थित भएकै दिन गुरुङ २ करोड धरौटी तिरेर छुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार