Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको निर्देशन : विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नूस्

    प्रधानमन्त्री प्रचण्डको निर्देशन : विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नूस्

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 552
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन् ।

    मंगलवार त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै यस्तो निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’



    त्यस्तै, उनले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोप्रति पनि ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार